काठमाडौँ ।। काठमाडौँ मुलुक सङ्घीय संरचनामा गएसँगै स्थानीय तहले २२ वटा अधिकार पाएका छन् । तर कर्मचारीको व्यवस्थापन प्रभावकारी नहुँदा सेवाग्राहीले भने जस्तो सुविधा पाउन सकेका छैनन् भने कर्मचारीले क्षमता र योग्यताबाहिरको काम पनि गर्नुपरेको छ । पशु र कृृषि बालीसँग सम्बन्धित काम मात्र पशु तथा कृषि प्राविधिकको कार्यक्षेत्रभित्र पर्छ । तर अहिले आफ्नो कार्यक्षत्रभन्दा बाहिरका काममा पनि संलग्न हुनुपरेको दोलखाको मैलुङ गाउँपालिकामा कार्यरत पशु प्राविधिक दीपक थपलियाको भनाइ छ । दक्षताभन्दा बाहिरको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता आउनुको मुख्य कारण स्थानीय तहमा कर्मचारी अभाव हो । आवश्यकताभन्दा धेरै कार्यबोझ हुँदा कामको मूल्याङकन नभएको पनि गुनासो छ । सरकारले ‘एक गाउँ, एक प्राविधिक’ को अवधारणसँगै गाउँगाउँमा प्राविधिक खटाएको छ । उनीहरुको संख्या मुलुकभरमा गरी तीन हजार छ । तत्काललाई कर्मचारीको अभाव देखाउँदै प्राविधिकहरूको प्रयोग गरिए पनि परिणाममुखी नहुने प्रशासनविद् काशिराज दाहालले बताउनुभयो । लोक सेवा आयोगले अहिले स्थानीयत तहमा आवश्यक कर्मचारीहरुको पूर्ति गर्न विज्ञापन गरिसकेको छ । तर पनि पद पूर्तिमा ढिलाइ भएको छ ।
कर्मचारीको व्यवस्थापन प्रभावकारी नहुँदा सेवाग्राही समस्यामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।