काठमाडौँ ।। परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेलगतै प्रदिप ज्ञवालीले भन्नुभएको थियो, ‘राहदानी लिन लामो समय लाइन बस्नुपर्ने समस्या हटाउन पहल गर्नेछु ।’ तर उहाँले आश्वासन दिएको डेढ वर्ष बित्न लाग्दासमेत राहदानी लिनका लागि दिनभर लाइन बस्नुपर्ने बाध्यतामा सेवाग्राही छन् । नारायणहिटी नजिकैको राहदानी विभागमा सुरुमा छिर्न गाह्रो, छिरेपछि भरेको फारम बुझाउने पालो कुर्दाकुर्दा गाह्रो हुन्छ । विभागको टोकन लिइसकेपछि करिब करिब ४ घण्टामा पालो आएको सर्वसाधारणको गुनासो छ । पाँच हजार रुपैयाँ तिरेर एक महिनादेखी ४५ दिनभित्र जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिन पाउने व्यवस्था छ । द्रुत सेवा लिन चाहनेले भने प्रशासनको शिफारिस ल्याएर विभागमा १५ हजार तिरे एक दिनमा, १२ हजार तिरे दुइ दिनमा र १० हजार तिरे तीन दिनमा राहदानी लिन पाइन्छ । राहदानी लिन घण्टौँ लाइन बस्नुपर्ने समस्या समाधानका लागि पहल भइरहेको विभागका महानिर्देशक रामकाजी खड्काले बताउनुभयो । उहाँले अब ई सेवाबाट राहदानी वितरणको लागि काम भइरहेको जानकारी पनि दिनुभयो । विभागका अनुसार आर्थिक वर्ष २०६७÷०६८ देखि अहिलेसम्म साठी लाखभन्दा बढीले राहदानी लिइसकेका छन् । विभागमा पुगेर अहिले पनि टोकन लिन, रुजु गराउन, पैसा जम्मा गर्न, फोटो खिचाउन, कम्युटर प्रणलीबाट हस्ताक्षर गर्न र औठा छाप लगाउन घण्टौ लाइनमा कुर्नुपर्दा सेवाग्राहीमा असन्तुष्टि धेरै सुनिन्छ ।
राहदानी लिनका लागि दिनभर लाइन बस्नुपर्ने बाध्यतामा सेवाग्राही
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।