काठमाडाै ।। बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाण्डौँ जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसनधान गर्न समयसीमा थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौँले गत १९ गते पक्राउपुर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो । सोही पक्राउपूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ । महरालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुले पनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन । आज अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरीको तयारी छ । महरा अहिले नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।