काठमाडाै ।। नेपालमा सुन्तला र जुनार खेती गर्दै आएका किसानले अब ६ गुणासम्म बढी मूल्य पाउने भएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा आउनु भएका चिनिया राष्ट्रपति सी चिनफिङको उपस्थितिमा दुई मुलुकबीच भएको कृषि सम्झौतापछि नेपालमा उत्पादित जुनार र सुन्तलाले अन्तराष्ट्रिय बजार पाउने भएको हो । नेपालको कृषि तथा पशुपन्छी मन्त्रालय र चिनिया सरकारी टोलीबीच फलफूल निर्यात गर्ने बारेमा सम्झौता भएको हो । सम्झौता भएस“गै नेपालमा उत्पादन भएको गुणस्तरीय सुन्तला र जुनार चिनको जिनज्याङ प्रान्तमा निर्यात हुने भएको छ । चिनले यसअघि सन् २०१२ मा रोग किरा नलागेका र जा“च राम्रोस“ग भएका सुन्तला र जुनार आयात गर्ने सम्झौता गरेको भए पनि कार्यान्वयनमा आएको थिएन । यो सम्झौताले किसान र देशको अर्थतन्त्रमा टेवा पुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले सीआईएनस“ग बताउनुहुभयो । सरकारले अब सुन्तला र जुनार उत्पादन गर्ने किसानहरूलाई कसरी गुणस्तरीय रुपमा उत्पादन गर्ने भन्ने विषयमा प्रशिक्षण दिने तयारी गरेको छ । नेपालमा अहिले सुन्तला र जुनार साढे दुई लाखदेखि तीन लाख मेट्रिकटनसम्म उत्पादन भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here