कपिलवस्तु ।। कपिलवस्तुको शिवराज नगरपालिकामा किसानले लगाएको धानमा बाला नलाग्दा किसान चिन्तित बनेका छन् । नगरपालिका ३ का तुलसीराम सापकोटाले १५ कट्ठामा गरिमा जातको धान असार महिना रोपेपनि अहिलेसम्म बाला नलाग्दा चिन्तित हुनुभएको छ । विगतको वर्षमा राम्रो उत्पादन भएको धान यस वर्ष पनि राम्रो नै हुने अपेक्षा सहित खेतमा मल, पानी लगाउँदा पनि धान पाक्ने बेला सम्म बाला नलाग्दा उहाँ चिन्तित हुनुभएको हो । गत वर्षहरुमा सोहि खेतले वर्ष भरी खान पुगेर बेच्ने समेत गरेका सापकोटा अहिले धान पाक्ने बेला सम्म धानमा बाला नलाग्दा निराश हुनुभएको छ । प्रतिकिलो ३ सय ५० को दरले ५ किलो धानको विउ किनेको उहाँको भनाइ छ । सापकोटा मात्र होईन अन्य किसानको समस्या पनि उस्तै छ । कपिलवस्तुकै वाणगंगाका किसानहरुको पनि यहि जातको धान नपसाएको भन्दै किसानले क्षतीपुर्ती पाउनुपर्ने भन्दै नगरपालिकामा डेलिकेशन समेत गएका थिए । जिल्लाका अधिकाश खेतमा लगाइएको ‘हाइब्रिड’ गरिमा जातको धानको बाला लगाउन नसकेपछि कृषक चिन्तित बनेका हुन । उक्त धान १ सय ३५ दिनमा पाक्नुपर्ने भएपनि हाल सम्म धान नपसाउदा किसानहरु चिन्तित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here