काठमाडाै ।। टर्कीले उत्तरी सिरियामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले आफ्नो सेना त्यस क्षेत्रबाट निकाल्ने भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले टर्कीले पहिलेदेखि गरिएको योजनाभन्दा बढी समय त्यस क्षेत्रमा सैन्य कारबाही गर्ने भएकोले अमेरिकी सेनालाई बाहिर निकाल्न लागिएको बताउनुभयो । टर्कीले सैन्य कारबाही थालेपछि त्यस क्षेत्रमा रहेका इस्लामिक स्टेट आईएसका सयौँ कार्यकर्ता फरार भएका छन् । टर्किले योजनाबद्ध रुपमा आक्रमण थालेपछि तनावका बीचबाटै उनीहरु फरार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । टर्कीले उत्तरी सिरियामा कुर्द लडाकु भएको क्षेत्रमा सैन्य कारबाही गर्दा लाखौं नागरिकपनि त्यस क्षेत्रबाट पलायन भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।