काठमाडाै ।। सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दिने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनभयो । त्यस्तै बैठकमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।