काठमाडाै ।। सरकार श्रम क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार द्रुतमार्गको रणनीति बनाएर अघि बढ्ने भएको छ । रोजगारीका लागि नेपालीहरु भारत लगायतका मुलुकमा भौँतारिँदै गर्दा त्यस्ता समस्या समाधानका लागि सरकार विषेश रणनीति बनाएर अघि बढ्ने भएको हो । सरकारले पाँचलाख नेपाली युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने महत्वाकाक्षी योजना कार्यान्वनको चरणमा गएको दावी समेत गरेको छ । नेपालबाट अहिलेपनि वर्षेनी तीन लाख भन्दा बढी यूवा वैदेशिक रोजगारीमा जाने गर्दछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सीआईएनसँग कुराकानी गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप सुदृढ गरेर रोजगारीका अवसरहरु प्रदान गर्ने बारेमा सरकार सचेत रहने बताउनुभयो । उहाँले वैदेशिक रोजगारी सम्बन्धी समस्या भएको गुनासो गरे तत्काल त्यसको सम्बोधन गरिने पनि उहाँले बताउनुभयो । यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमका विषयलाई लिएर सरकारको आलोचना भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here