काठमाडाै ।। चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण बनाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने के कति ऋण सम्झौता गर्ने वा नगर्ने बारेमा हतारमा निर्णय नहुने बताउनुभयो । यस्तै नेपाल र चीनबीच व्यापार सहजीकरण गर्न दुई देशका वाणिज्य सचिवस्तरीय संयन्त्र गठन हुने भएको छ । चिनीयाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा घोषणा हुन लागेको संयन्त्रको मस्यौदा मन्त्रिपरिषदमा पठाउने चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार संयन्त्रको मस्यौदा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि दुई देशबीच हुने औपचारिक वार्तामा पेश गरिने छ । एक महिनाअघि नेपाल आएको चिनियाँ वाणिज्य सचिव नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिबीच यस्तो संयन्त्र गठन गर्नेबारे सहमति बनेको वाणिज्य मन्त्रालय स्रोतले बतायो ।
सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण बनाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।