File photo


अंगद यादव / नवलपरासी पश्चिम /असोज २३/
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.- ५ बसहियामा बिहिवार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
धर्मकाटा जडान गर्नको लागी खाल्टोमा जमेको पानी मोटरबाट निकाल्न प्रयोग गरेको बिधुतिय मोटरको तार सर्किट हुदाँ बसहिया बस्ने रामसिंह कुर्मीको २२ बर्षिय छोरा अभिमन्यु सिहं  कुर्मीको ज्यान गएको हो ।
करेन्ट लागेर गम्भिर घाईते भएका कुर्मीलाई उपचारको लागि सामुदायिक अस्पताल निचलौल महाराजगंज( भारत) लगिए पनि अस्पतालले रेफर  गरेपछि  पुन:उपचारको लागि सहिद स्मृती सामुदायिक अस्पताल चौपत्ता पुग्दा अस्पतालले मृत्यु भईसकेको  पुष्टि गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । मृतकको सव पोस्टमार्टको लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here