काठमाडु ।। ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोगको छानबिनलाई नसघाउने जनाएको छ । विपक्षी डेमोक्र्याटहरुले अमेरिकी कंग्रेसमा थालेको महाअभियोगको छानबिनलाई ह्वाइट हाउसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भन्दै नसघाउने जनाएको हो । डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन् । यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली संघका निम्ति उनका राजदूतलाई सदनले थालेको छानबिनमा बयान नदिन आदेश दिनुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here