तेह्रथुम ।। बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरका एक युवक तेह्रथुममा पक्राउ परेका छन् । १३ वर्षका बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाँउ घर भई म्याङलुङमा कोठा भाडामा बस्दै आएका २३ वर्षका सन्तोष लिम्बू पक्राउ परेको प्रहरीले जनाएको छ । बालिकाको कोठामै गएर बलात्कार प्रयास भएको पीडितका अभिभावकको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक (इन्सपेक्टर) नारायण गौतमले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।