काठमाडाै ।। टर्कीले उत्तरी सिरियामा हवाई र स्थल आक्रमणलाई तिव्र बनाएको छ । टर्कीका फौज युफ्रेटिजले नदीको पूर्वी क्षेत्रमा पसेर उत्तरी सिरियामाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । टर्कीका राष्ट्रपति रेजप तैयप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु भएको बताउनुभएको छ । टर्कीले सिरियामाथि गरेको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय समुदायले आलोजना गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीले गरेको हमलालाई गल तभएको भन्दै आलोचना गर्नुभएको छ । यस्तै बेलायतले घटना निन्दनीय रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । साथै बेलायत, फ्रान्स तथा जर्मनीले घटनाको आलोचना गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बोलाउने आह्वान गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।