रौतहट ।। मन्त्रबाट छोरा जन्माउने भनि ठग्दै हिडेकी एक महिलालाई पक्राउ गरेको छ । तन्त्र मन्त्रबाट छोरा जन्मिने भन्दै गढीमाई नगरपालिका स्थित नट टोलकी ४५ बर्षिया जैतुन खातुनले दुईछोरी मात्र रहेका कटहरिया ५ का रामबाबु महरा चमारलाई एक लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो । पाँच प्रकारको बली र जडीबुटीको उपचार दिएर तन्त्र मन्त्रबाट छोरा हुने प्रलोभन देखाउँदै खातुनले ठगी गरेको प्रहरीले जनाएको छ ।

खातुनले ठगी गरेको पाइएपछि स्थानीय पत्रकार संजय मिश्राको पहल र जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको निर्देशनमा रकम फिर्ता गराइएको छ । जैतुन खातुनले महराको श्रीमती समेत र एक महिला समेतलाई प्रभावमा पारेर पटक पटक गरी सो रकम ठगी गरेकी थिइन् ।
खातुनलाई इलाका प्रहरी कार्यालय गरुडाबाट सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेसँगै आफ्नो गल्ती स्वीकार गरेकी थिइन् । त्यसपछि उनले रकम फिर्ता गरेको कटहरिया नगरपालिकाका ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here