दाङ ।। जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ । दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकहरुलाई कृषि औजार वितरण, विभिन्न तालीम, भकारो सुधार लगायतको कार्यक्रम सञ्चालन गरेको छ । परियोजनाअन्तर्गत यस आर्थिक वर्षमा विभिन्न समूह, सहकारीलाई तोरीको उन्नत जातको उन्नत बीउ वितरण गरेको तोरी जोन कार्यक्रमका प्रमुख तिलक केसीले जानकारी दिनुभयो । साउनेपानी कृषि सहकारी संस्था शान्तिनगरलाई बीउ उत्पादनका लागि दुई क्विन्टल तोरी वितरण गरेको केसीले बताउनुभयो । पाँच हजार ३११ केजी तोरी सहकारीबाट गरी विभिन्न २० सहकारी र कृषि समूहका सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका–१, २ र शान्तिनगर, बबई, दङ्गीशरण गाउँपालिकामा ६ सय ६४ बिगाहा जमीनमा तोरी खेतीका लागि अनुदानमा बीउ उपलब्ध गराएको तोरी जोन सञ्चालक समितिका अध्यक्ष भीमबहादुर वलीले बताउनुभयो । त्यस्तै यस वर्ष दुई बिगाहा जमीनका तोरी प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।
अनुदानमा तोरीको बीउ वितरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।