तनहुँ ।। तनहुँमा चितुवाको आक्रमणमा परि एकै वर्षमा लगातार तीन जनाको मृत्यु भएपछि सुरक्षाकर्मी परिचालित गरिएको छ । भानु नगरपालिकामा चितुवा नियन्त्रणका लागि हतियारसहित सुरक्षाकर्मी पुनः परिचालन गरिएको हो । दशैंको टिकाको दिन साँझ घरमै पिङ खेलिरहेका भानु १ भन्सारका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि त्यस क्षेत्रमा फेरि सतर्कता बढाइएको छ । साँझ भएको घटनामा स्थानीय ४ वर्षका आशिक बानियाँको मृत्यु भएको थियो । २ सय मिटर पर लछार्दै भएको घटनामा परी घाइते बानियाँको उपचारका क्रममा लक्ष्मी अस्पतालमा मंगलबार साँझ नै मृत्यु भएको थियो । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले हिजो घटनास्थलको निरिक्षण गर्दै हरसम्भव सतर्कता र नियन्त्रणका उपाय अपनाउन प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी उपरीक्षक विनोद शिलवाललाई घटनास्थल वरपर सुरक्षाका उपाय अपनाउन र आवश्यक पर्ने सबै बल प्रयोग गरेर स्थानीयलाई जोगाउन पनि आग्रह गर्नुभयो ।
चितुवाको आक्रमण रोक्न सुरक्षाकर्मी परिचालित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।