पाेखरा ।। पोखरामा एक व्यक्तिले आफ्नै श्रीमतीको बीभत्स हत्या गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका-९, नौडाँडा घर भइ हाल पोखरा-८, कुँवरटोलमा डेरा गरी बस्ने ४२ वर्षीय जवरसिंह कुँवरले बुधबार मध्यान्न १२ः१० बजेतिर ४० वर्षीया श्रीमती राधिका कुँवरको हत्या गरेको कास्की प्रहरीले जनाएको छ।
सामान्य विवादका बीच निजले श्रीमतीको घाँटी र पेटमा खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ।खुकुरी प्रहारबाट घाइते राधिकालाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
श्रीमान् र श्रीमतीबीच लामो समयदेखि विवाद रहँदै आएको र आज पनि त्यही विषयमा विवाद भएको हुनसक्ने छिमेकीले बताएका छन् । उनीहरूका एक छोरा छन् । जवरसिंहलाई नियन्त्रणमा लिएको र अनुसन्धान थालिएको पनि प्रहरीको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here