रौतहट ।। रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गतको गाउँबाट लागू औषधसहित एक जना साधु पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका–९ धरहरी राम जानकी मठमा बस्दै आएका साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।
मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले बुधवार राति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् । लगत्तै साधु यादवलाई गाँजा सहित नियन्त्रणमा लिएको गिरीले जानकारी दिइन् ।
यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन् भने निजमाथि लागु औषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।