काठमान्डु ।। तेस्रो संस्करणको १५ वर्ष मुनिको महिला साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । भुटानको थिम्पुमा हुने च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बलियो टिम भारतको सामना गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल चाम्लिङथाङ रंगशालामा नेपाली समय अनुसार पौने ३ बजेबाट सुरु हुनेछ । अघिल्ला दुई संस्करणमा उत्कृष्ट प्रर्दशन गर्न नसकेको नेपाल तेस्रो संस्करणमा उत्केष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रने । भारतसँगको खेलपछि नेपालले असोज २४ गते बंगलादेश र २६ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा नेपाल सहित, भारत, भुटान र बंगलादेश गरि चार टिम सहभागी छन् । सबै टिमले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सन् २०१७ मा सुरु भएको प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here