काठमाडाै ।। आज टीकाको दोस्रो दिन एकादशी, आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ । हिजो टीका लगाउन नपाएका तथा टाढा भएकाहरुले आज मान्यजनको हातबाट टीका र आर्सिवाद ग्रहण गर्ने परम्परा रहेको छ । मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म चल्छ । नेपालको पश्चिमी भेगमा भने विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।