काठमान्डु ।। निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सेवा सुविधा फिर्ता गर्नुभएको छ । उहाँका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता गरिएको बताउनुभयो ।

महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । यस्तै उहाँ चढ्दै आउनुभएको बा २ झ १२६८ नम्बरको गाडी संसद सचिवालयको सवारी शाखालाई हिजो दिउँसो बुझाइएको बताइएको छ ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले राजीनामा दिएसँगै उहाँलाई सभामुखबाट हटाइएको छ । बालुवाटारस्थित सरकारी भवनमा बस्दै आउनुभएका महरा निवास सर्नका लागि अब डेरा खोज्दै हुनुहुन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here