काठमान्डु ।। नागरिक उड्ययन प्राधिकरणलाई बन्द भइसकेका र सञ्चालन नभएका एयरलाइन्सहरूले भाडा बापत्को रकम नबुझाउँदा २ अर्ब १० करोड रुपैयाँ उठ्न सकेको छैन । प्राधिकरणले विभिन्न २४ प्रकारका सेवा दिएबापत् शुल्क उठाउँदै आएको छ ।

प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक त्रिलोचन पौडेलले सञ्चालनमा रहेका एयरलाइन्सबाट भने बिस्तारै बक्यौता रकम उठीरहेको सीआईएनसँग बताउनुभयो । करिब ४ महिनाअघि संसद्को सार्वजनिक लेखा समितिले बक्यौता रकम उठाउनका लागि कडा कदम चाल्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

बक्यौता रकम उठाउनका लागि आफूहरूले ३ महिनाको समय दिएको र आवश्यक परे फेरि बैठक बोलाउने लेखा समितिका सभापति भरत शाहले सीआईएनलाई जानकारी दिनुभयो । समितिले सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी कार्यालय तथा विभिन्न निजी कक्षहरुको हालसम्मको वक्यौता एक अर्ब ९५ करोड ३० लाख ७३ हजार २२८ यथाशीघ्र असुलउपर गर्न निर्देशन दिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here