काठमान्डु ।। भारत र बंगलादेशको निम्न चापीय प्रणालीका कारण नेपालमा मनसुनको सामान्य प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास निम्न चापीय प्रणाली रहेको छ ।
अर्को निम्न चापिय प्रणाली बंगलादेश आसपास रहेको छ । यिनै मौसमी प्रणालीहरुको नेपालमा सामान्य प्रभाव रहेको छ । महाशाखाले निकालेको सूचना अनुसार हाल देशको पूर्वी तथा मध्य क्षेत्रमा आशिंक देखि सामान्य बदली र पश्चिमी क्षेत्रमा आशिंक बदलीको अवस्था रहेको छ । पूर्वी भागमा थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशको मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । आज राति देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भइ पश्चिमी भूभागमा आशिंक बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।