काठमाडौं ।। दशैंको रौनक गाउँदेखि शहरसम्म छाएको छ । दशैलाई विशेष बनाउन, नयाँ लुगा किन्ने, शहरदेखि गाउँ जानेहरुको संख्या बढिरहेको छ । दशैका लागि नयाँ नोट साट्न बैंकमा घण्टौ लाइन बस्नेहरुको संख्या पनि उत्तिकै छ । नयाँ नोट साट्न आफ्नो काम छोडेर बैंक पुगेकाहरुले सहज रुपमा नोट साट्न पाएका छैनन् । भक्तपुरका सरिता थापा सिंहदरबारको राष्ट्रिय बाणिज्य वैंकमा पाँच घण्टा लाइनमा बस्नुभयो । तर नोट पाईएन । रुपन्देहीका सरिता केसी नयाँ नोट साट्न दुई दिनदेखि बैंक धाईरहनु भएको छ । अघिल्ला बर्षहरुमा जस्तो यस बर्ष सजिलै र धेरै नोट साटिएको छैन । कुनै बैंकले एक दिनमा दुई सयलाई, कुनैले तीन सय जनालाई मात्रै रकम साट्न दिएका छन् । नयाँ नोट केरमेट हुने, छिटो पुरानो हुने, च्यातिने र घाटा लाग्ने भएपछि राष्ट्रबैंकले यसपटक नोट वितरणमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैकंका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले अब बैंकले दुईदिन विषेश ध्यान दिने बताउनभयो । नेपाल राष्ट्र बैंकले उपत्यकाका विभिन्न बैंकबाट असोज १७ गतेसम्म रकम साट्न सकिने व्यवस्था गरेको छ ।
पाँच घण्टा लाइनमा बस्दा पनि, नयाँ नोट साट्नै मुस्किल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।