रौतहट ।। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वड़ा नम्बर ५ बड़हरवामा ओरेक नेपाल द्वारा संचालित बाढ़ि प्रभावित महिला ,बालबालिकाको लागि महिला मैत्री स्थलको विहिवार संयुक्त अनुगमन गरिएको छ ।
बाढ़ि पछि प्रभावित महिला र बालिकामा देखिएको मनोबैज्ञानिक समस्या को समाधानको लागि महिला मैत्री स्थलको स्थापना गरिएको हो । दलित समुदायको बसोबास भएको उक्त बस्ती बाढिको उच्च जोखिम मा रहेका छन ।
प्रदेश २ को सामाजिक विकास मंत्रालयका स्वास्थ्य विभागका प्रभु नारायण ठाकुर ,महिला तथा बालबालिका महाशखाका सरोज मिश्रा , यूएनएपÞmपीएका प्रदेश २ का संयोजक नरेन्द्र मिश्रा , जिल्ला संयोजक भवनाथ झा , हरी कार्की , ओरेक नेपालका मंजू लामा , रोजलिन बछार सहितका अनुगमन टोली सित कुराकानी गर्दै स्थानीय महिलाहरुले महिला मैत्री स्थल सञ्चालनमा आएपछि व्यक्तिगत सुरक्षा तथा सरसफाई , महिला हिंसा न्यूनीकरण , बाल बिवाह न्यूनीकरण , मानसिक तनावबाट मुक्त हुने विषयमा जानकारी प्राप्त भएको बताएका छन ।
स्थानीय वड़ाका वड़ा अध्यक्ष धर्मनाथ चौधरीको सभापतित्वमा भएको अंतर्क्िरया कार्यक्रममा महिलाहरुले बाढिको कारण वर्षिणी समस्या उत्पन्न हुने गरेको दुखेसो पोखेका छन । बाटो घाटों नहुँदा विभिन्न किसिमको जटिलताको सामना गर्नु परेको दुःख सुनाए । स्थानीय दुखा महाराले महिला मैत्री सेन्टर सञ्चालनले चेतनामा बृद्धि भएको सुनाए ।
ललिता कुमारी रामले महिला हरुलाई आर्थिक रुपमा ससक्त बनाउनु को लागि शिप मूलक तालीम सञ्चालन गरिनु पर्ने , सुविधा संपन्न स्वास्थ्य केंद्र बार्थिंग सेन्टरको व्यवस्था गर्नलाइ प्रदेश सरकार सित मैग समेत गरेका छन । अनुगमन समितिमा निमित जिल्ला समन्वय अधिकारी ईश्वरनाथ मिश्रा , संचारकर्मी राकेश कुमार यादव समेत सहभागी भएका थिए ।
४ हजार ९ से ४९ जनसँख्या भएको उक्त बस्तीमा महिलाको संख्या कम रहेको तथ्यांकले देखाएको छ । महिला ३१ दशमलव ७१ प्रतिशतले २ हजार ३३३ रहेको छन भने पुरुष ५६ दशमलव २ हजार ६१६ रहेको छ । महिला १०० मा पुरुष ११२ रहेको देखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here