रौतहट ।। हिन्दू धर्मको रक्षा तथा गौ हत्याको नियन्त्रण गर्ने दृढ़ संकल्पको साथ विश्व हिन्दू परिषद् नेपालको रौतहट जिल्ला भेला सदरमुकाम गौरमा विहिवार संपन्न भएको छ ।
हिन्दू धर्म माथि भई रहेको आक्रमण तथा गाई हत्याको रोक्ने उदेश्यले हिन्दुवादीहरुलाई एकठाऊमा ल्याएर बलियो बनाउने लक्ष्य सहित विश्व हिन्दू परिषद्को गठन गरिएको हो ।
विभिन्न पर्वमा हिन्दू माथि गरिदै आएको आक्रमण प्रहारको सशक्त रुपमा प्रतिकार गर्दै धर्मको रक्षा गर्ने उदेश्यले विश्व हिन्दू परिषद् नेपालको १७ सदसीय रौतहट जिल्ला तदर्थ समिति र ९ सदस्य युवा परिषद्को गठन भेलाबाट गरिएको छ ।
विश्व हिन्दू परिषद् नेपालको केंद्रीय उपाध्यक्ष काशिन्द्र यादव , महासचिव जीतेन्द्र सिंह , संत समाजका प्रमुख लक्षमण दास , जिल्ला समन्वय समितिका प्रमुख राम एकवाल राय यादव , उपाध्यक्ष राम आसिष राय यादव , पूर्व जिल्ला सभापति सत्येन्द्र सिंह , हिन्दू स्वयं सेवक संघका कार्यवाहक अध्यक्ष श्री नारायण झाको उपस्थितिमा संपन्न भएको जिल्ला भेलाबाट आलोक पाण्डेयको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
समितिमा रणधीर ठाकुर , कौशल मिश्रा , अनुज झा ,मुकेश सिंह , पवन झा , राकेश कुमार यादव , , जामदार यादव , शंकर दास , विष्णु मिश्रा , शशि ठाकुर , संतोष यादव , रवि कुमार तिवारी , मनोज कुमार पटेल , विद्यानन्द यादव रहेका छन । हिन्दू युवा परिषद्को संयोजकमा नन्द भूषण श्रीवास्तव र सदस्यमा अरविन्द यादव , राजेश्वर प्रसाद साह , दिगम्बर प्रसाद साह , राजीव कुमार ठाकुर , प्रेम कुमार कुशवाहा , रामविश्वास ठाकुर , श्यामकुमार साह र जिल्ला सलाहकार समितिमा राम आशीष यादव , राघवेंद्र झा , सत्येन्द्र सिंह , भाग्य नारायण सिंह , राजीव सिंह चयन गरिएको छ ।
जिल्ला भेलाको सम्वोधन गर्दै संत समाजका लक्षमण दासले नेपालका राजनेताहरुले हिन्दू धर्मलाइ समाप्त पर्ने सडयंत्र गरेको आरोप लगाएका छन । उहाले खाड़ी मुलुकमा १२ लाख हिन्दू महिलाहरुलाई पठाएर नेताहरुले धर्म सित खेलवाड़ गर्नुको साथै बैदेशिक रोजगारमा गएका महिलाहरुको रेमिट्यन्सले मौजमस्ती गरिरहेको दावी गरे ।
राजपुरमा पटक पटक हुने गरेको घटनाले समस्त हिन्दू धर्मवालीलाइ चिंतित बनाएकोले हिन्दू धर्म र गाईको हत्याको विरुद्ध एकजुट हुनुको विकल्प नरहेको जिकिर गरे । भेला सहभागी भएकाहरुले आफ्नो धर्मको रक्षा तथा गौ माताको रक्षको लागि एकजुट भएर लाग्ने सामूहिक प्रतिवद्धता जनाएका छन ।