जनकपुरधाम ।। जनकपुरमा प्रहरीले गोली चलाएर ४ जना डाकालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालका अनुसार जनकपुर उपमहानगरपालिका गेटमा रहेको जानकी फर्निसिङबाट उनीहरुलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो । विहान करिब साढे ३ बजे पसलको सटर फोडेर उनीहरु भित्र पसेका प्रहरीको भनाइ छ ।

प्रहरी चलाएको गोली लागेर एकजना डाका घाइते भएको र उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना नेपाली रहेका छन् । उनीहरुको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गररेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here