काठमान्डु ।। मनसुनी गतिविधि अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि लम्बिने देखिएको हो ।
हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहेको छ । ‘नेपालको मध्य र पूर्वी भागमा दक्षीणपूर्वी जलवास्पयुक्त हावाको प्रभाव देखिएकोले मनसुनी गतिविधि बढ्ने देखिन्छ’ – महाशाखाले निकालेको सूचनामा उल्लेख छ । हाल देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बाँकी भू भागमा पनि बर्षा हुने सम्भावना रहेको छ ।
आज दिउँसो देशभरी सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहितको वर्षाको सम्भावना रहेको छ भने देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभरी सामान्य बदली रहनेछ ।