रौतहट ।। रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरमा नौ दिनसम्म लाग्ने नवाह यज्ञ हुने भएको छ ।
माधोपुरका वडा अध्यक्ष राजीव यादवको अध्यक्षतामा आज गाउँलेहरुको भएको भेलाले नवाह यज्ञ गर्ने सर्वसहमतिबाट निर्णय गरेको हो ।
गाउँको भद्रभलादमी, बुद्धिजिवी,समाजसेवी र राजनैतिककर्मी समेतको उपस्थितीमा भएको भेलाले यस्तो निर्णय गरेको हो ।
आउँदै गरेको पर्व दशैको अवसरमा असोज १२ गतेदेखी उक्त यज्ञ गर्ने निर्णय गरिएको छ ।
माधोपुरमा रहेको ब्रहमबाबा मन्दिरको परिसरमा असोज १२ गतेदेखी शुरु हुने नवाह २० गतेसम्म चल्ने छ ।
वडा अध्यक्ष यादवको विशेष पहलमा लाखौको लागतमा उक्त यज्ञ हुन गइरहेको छ ।
यज्ञमा करिव ९ लाख रपैया सम्म खर्च हुने अनुमान गरिएको वडा अध्यक्ष राजीव यादवले बताएका छन ।
यज्ञको लागि चन्दासंकलन गर्नुका साथै विभिन्न संघ संस्था, स्थानीयतह, जनप्रतिनिधी लगाएतबाट आर्थिक सहयोग माग गरिएको उहाँले बताउनुभयो ।
नवाह यज्ञमा वडा अध्यक्ष राजीव यादव पुजामा बस्ने उहाँका भाई संजीव यादवले जानकारी दिएका छन ।
दशैमा नवाह यज्ञ गर्नाले गाउँ, नगर र समाजको कल्याण हुने र त्यसमा सहभागि हुनेले पापबाट छुटकरा पाईने र पुण्यको भागी हुने जनविश्वास रहेको छ ।
गत वर्ष पनि सोहि ठाउँमा नवाह यज्ञ हुँदा डिजेबाजामा बजेको सितारामको धुनले पुरै गाउँ नै गुञ्जिएजस्तै यस वर्ष पनि गाउँ गुञ्जिने भएको छ ।
यज्ञको तयारी तिव्र पारिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्रीलागू औषध सहित एक जना पक्राउ
यसपछिको सामग्रीमनसुनी गतिविधि अझै बढ्ने
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here