रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरबाट प्रहरीले लागू औषध सहित एक जनालाइ पक्राउ गरेका छन । जिल्ला प्रहरी कार्यालयबाट खटिएको Crime Investigation Team -CIT र पिकेट डिउटीले कोवर्ट Operation को माध्यमबाट प्रहरी टोलीले गौर नगरपालिका वड़ा नम्बर १ स्थित मुख्य चौकमा आवत जावत गरि रहेका शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल हिडी आउँदै गरेको जिल्ला रौतहट गरुडा न.पा.वडा नं. ०९ विर्ता गमरिया बस्ने वर्ष २४ को किशोर सहनीलाई लागू औषध सहित पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा निज किशोर सहनीले भिरेको हाते व्यागबाट लागु औषध डाईजेल्याब एम्पुल थान ५०, फेनार्गन एम्पुलथान ५०, नोफिन एम्पुल थान ५०, नाईट्राभेट १० लेखिएको ९५ पत्तामा २८५० पिस, डाईल्याक्स – २ बोतल समेत फेला परेकोमा नियंत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पपु नायकले बताएका छन ।
लागू औषध रित पूर्वक बरामद गरी निज किशोर सहनीलाई पक्राउ गरी यस कार्यालयमा राखिएको, थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
लागू औषध सहित एक जना पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।