पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । भूकम्पका कारण कम्तीमा चार सय ७६ जना घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
हिजो अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानका घरमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोल ढलेको, टेलिफोनका टावरमा क्षति भएको बताइएको छ ।
पूर्वी पाकिस्तान र भारतमा समेत भूकम्प झड्का महसुस भएको थियो । भूकम्प दशमलव आठ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।