कपिलवस्तु ।। कपिलबस्तुको वडा प्रहरी कार्यलय चन्दौटाले २ वर्ष यता हराएका १५ थान मोवाइल गएको एक सातामा फेला पारेको छ । शिवराज नगरपालिका तथा आसपास क्षेत्रका स्थानियको विभिन्न समयमा हराएका मोवाईल प्रहरी टोली फेला परेको हो ।
मोवाईल हराएपछी प्रहरी कार्यलयमा निवेदन दिएकाको मोवाइल आइएमईआई कोड मार्फत पत्ता लगाई कपिलवस्तु, रुपन्देही दाङ लगायत अन्य जिल्लाबाट वरामद गरिएको प्रहरी निरिक्षक मोतिलाल योञ्जनले बताउनुभयो । विगत एक वर्ष पहिले मोवाइल हराएको र प्रहरीकोमा खोजिदिन निवेदन दिएपछी अहिले फेला परेको स्थानीय लंक हमालले वताउनुभयो । मोवाइल हराउदाँ धेरै नम्वर तथा अत्यावश्यक सामग्री नभएकोले आफुलाई धेरै समस्या भएको उहाँले बताउनुभयो ।
मोवाईल भेट्टाएर सिम फाल्ने र मोवाईल प्रयोग गर्ने गरेको पाइएको प्रहरी निरिक्षक योञ्जनले बताउनुभयो । आज प्रहरी कार्यलयमै एक कार्यक्रम आयोजना गरी निरिक्षक योञ्जनले मोवाइल हस्तान्तरण गर्नुभएको हो । मोवाईल हराएमा तुरुन्त प्रहरी कार्यालयमा जानकारी दिन समेत उहाँले आग्रह गर्नुभयो ।
हराएको मोवाईलको आइएमईआई कोड भएमा प्रहरी सजिलै पत्ता लगाउन सक्ने प्रहरीले जनाएको छ । सवै मोवाइल प्रयोगकर्ताले आफ्नो मोवाइलको आइएमईआई कोड ८३ण्ट३ डाईल गरि आउने कोड राख्नुपर्ने सुझाव दिनुभयो ।