मुगु ।। मुगुमा पहिलो पटक जिल्ला अदालतले बहुबिबाह, बालबिबाह, जबरजस्तिकरणी गर्ने एक जनालाई १४ बर्षको कैद फैसला र एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतले आरोपितलाई गएको माघ १० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

खत्याड गाँउपालिका—६ का २२ वर्षका भिमराज शाहीले घरमा पत्नि हुँदा हुँदै उमेर नपुगेको बालिकासंग दोस्रो बिबाह गरेरको भन्दै शाहीको पत्निले गएको पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउनुभएको थियो ।

यसै मुद्धालाई जिल्ला अदालतले भदौ २६ गते शाहीलाई बहु बिबाह, बाल बिबाह र जबरजस्तिकरणी गरेको ठहर गर्दै १४ बर्ष कैद र पिडितलाई तीन लाख क्षतिपुर्ति दिनुका साथै उमेर नपुगेर शाहीसंग दोस्रो बिबाह गरेका बालिकालाई दुई बर्ष कैद २० हजार जरिवानाको फैसला गरेको हो ।

घरमा पत्नि हँुदा हँुदै उमेर नपुगेका बालिकासंग दोस्रो बिबाह गरेको आरोपमा छाँयानाथ रारा नगरपालिका—१ का धुब्रकुमार मल्ल बिरुद्ध उनको श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा गएको भदौ २० गते बहु बिबाह सम्बन्धि जाहेरी दर्ता गराउनुभएको थियो ।

प्रहरीले आफनो अनुसन्धान पश्चात सरकारी वकिल कार्यालयमा पठाएको मुद्धा सरकारी वकिलले जिल्ला अदालतमा बहु बिबाह, बाल बिबाह र जबरजस्तिकरणी सम्बन्धि मुद्धा असोज ६ गते थुनछेक मुद्धा दर्ता गराईएको थियो ।

जिल्ला अदालतका न्यायाधिश रोमनाथ अधिकारीको एकल ईजलासले हिजो आरोपित मल्ललाई बहु बिबाह, बाल बिबाह र जबरजस्तिकरणी सम्बन्धि पुर्पक्षकालागी थुनामा राख्ने र मल्लसंग उमेर नपुगी बिबाह गरेको आरोपित बालिकालाई अविभावकको संरक्षणमा जिम्मा दिने आदेश भएको जिल्ला अदालत मुगुका श्रेष्तदार रुद्ध प्रसाद अर्यालले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here