काठमान्डु ।। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले स्वदेशी उत्पादनका वस्तुको बजार पहुँच बढाउनुपर्ने बताउनुएको छ । स्वदेशी उत्पादनका वस्तुको प्रचार प्रसारको कमी भएको कारण बजारमा सहज पहुँच हुन नसकेको भन्दै अबको आवश्यकता जहाँ छ त्यतातिर ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उद्योग विभाग अन्तर्गत रहेको केन्द्रिय कारागार कारखानाद्वारा उत्पादित शुद्ध सुती कपडाको प्रदर्शनी तथा विक्री कक्षको उद्घाटन एवं निरीक्षण गर्दै मन्त्री यादवले स्वदेशी उत्पादन भावना तथा राष्ट्रिय उत्पादन सँग जोडिएकोले यसको बजार विस्तारतर्फ विशेष रुपले ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो ।

सरकारी अनुगमन फितलो भएको र सोही कारणले कुनै पनि कार्यको कार्यान्वयन पक्षमा लापरवाही भईरहेकोले प्रभावकारी अनुगमन गर्न समेत मन्त्री यादवले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here