काठमाडौं ।। संघीय संसदका उपसभामुख शिवमाया तुम्बाहाम्फेले आम नेपाली महिलाले भोगेका समस्या जस्तै महिला उपसभामुख पनि पितृसत्तात्मक सोचको शिकार भएको बताउनुभएको छ । संघीय र प्रादेशिक संसदका उपसभामुखले हिजो काठमाडौंमा गरेको बैठकबारे जानकारी दिनआज संघीय संसद सचिवालय सिंहदरबारमा गरिएको पत्रकार सम्मेलनमा उहाँले आफ्नो अनुभव सुनाउदै यस्तो बताउनुभएको हो ।

उपसभामुखले सधैँ उपसभामुममा चित्त बुझाएर बस्ने नभइ सिर्जनात्मक काम गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले महिलाले सधैँ ‘उप’ पदमा मात्र खुम्चिएर बस्ने नभइ कार्यकारी पदका लागि पनि प्रतिस्पर्धा गरेर जानुपर्ने बताउँदै आरक्षण सधैँका नहुने भएका कारण महिलालाई सक्षम बनाउन आफूले सहायक पदमा रहेका महिलालाई आग्रह गर्ने गरेको बताउनुभयो । संघीय संसद र प्रदेशसभाको सञ्चालनको अनुभव, समस्या आदिबारे छलफलका लागि हिजो उपसभामुखको बैठक राखिएको तुम्बाहाम्फेले जानकारी दिनुभयो । छलफलमा संघीय संसद र प्रदेश सभाको अनुभव आदानप्रदान गरेको, प्रदेश सभामा अनुभव गरेको समस्यालाई संघीय संसदले कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो ।

संविधानले सभामुख पुरुष र उपसभामुख महिला हुने व्यवस्था नगरेपनि व्यवहारमा भने महिला भएकोले सवै प्रदेशका उपसभामुखलाई कसरी सशक्तिकरण गर्ने भन्नेबारेमा छलफल भएको पनि बताउनुभयो । उहाँले संसदमा बिताएको डेढ बर्षको समयमा हाँसिल गरेको अनुभवलाई संग्रह गरेर आगामी पुस्ताका लागि हुनेगरी पुस्तक प्रकाशन गर्न लागेको पनि जानकारी गराउनुभयो ।

यस्तै राष्ट्रियसभा अध्यक्ष शशीकला दाहालले महिला सांसदको समाचार मिडियामा कम प्राथमिकतामा पर्ने गरेको र राष्ट्रियसभाको समाचार पनि कम आउने गरेकोले त्यसमा ध्यान दिन पत्रकारलाई आग्रह गर्नुभयो । राष्ट्रिय सभा उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुख र सात वटै प्रदेशका उपसभामुखले यसअघि चन्द्रागिरी, चितवनको सौरहामा भेला गरेर बैठक गरेका थिए

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here