जनकपुरधाम ।। धनुषामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत गोदार र पोर्ताहाको विचमा रहेको पूर्वेली होटलका सञ्चालक सहित तीनजनाको मृत्यु भएको प्रहरी चौकी पोर्ताहाका ईन्चार्ज लालबहादुर तामाङ्गले जानकारी दिनुभयो । पूर्वेले होटलका सञ्चालक ५५ वर्षका शिवकुमार महतो, उहाँका श्रीमती र होटलमै काम गर्ने एकजना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुईजनाको नामभने खुल्न सकेको छैन ।
होटलको फ्रिज खोल्ने क्रममा विद्युत् सर्ट भएको जनाइएको छ । श्रीमानलाई छुटाउन जाँदा श्रीमती र होटेलमा काम गर्ने एकजना कामदारको पनि मृत्यु भएको तामाङ्गले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।