रौतहट ।। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला तदर्थ कार्य समिति को अध्यक्षमा राजेश्वर प्रसाद सिंह मनोनीत भएका छन ।
विघटन भएका जिल्ला कार्य समिति को पुनर्गठनको लागि केंद्रीय कार्यालयले पार्टीको विधान २०७३ को दफा (ङ) बमोजिम जिल्ला तदर्थ कार्य समितिको अध्यक्षमा मनोनयन गरिएको हो । पार्टीका केंद्रीय महामन्त्री भास्कर भद्राले जारी गरेको पत्र अनुसार सिंहलाई जिल्लामा सक्रीय रहेका सदस्यहरुलाई समावेश गरी जिल्ला तदर्थ समिति शीघ्र गठन गर्न निर्देशन समेत दिइएको छ ।
रौतहटको सम्पूर्ण स्थानीय तहमा पार्टीको संगठन सुढ़ृढ़ीकरण र विस्तार गरी जिल्ला परिषद् संम्पन्न गराउन निर्देशन सहित आग्रह गरिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।