File Photo

रौतहट ।। रौतहट जिल्लाको विभिन्न ठाउवाट बरामद गरिएको तस्करीको समान कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा बुझाएको छ ।
रौतहटको सिमा नाकाहरुबाट हुने चोरी निकासी, पैठारी भन्सार छली चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत यस जिल्ला प्रहरी कार्यालयबाट खटिएको Crime Investigation Team -CIT ले जिल्ला गौर नगरपालिका, ईशनाथ नगरपालिका, र बौद्धीमाई नगरपालिका अन्तर्गतमा रहेका सिमा नाकाहरुबाट पक्राउ गरेको ३ लाख ५७ हजार ३० रुपैया बरावरको नेपालबाट भारततर्फ लैजादै गरेको सौफी रक्सी, हरियो मटर र भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको बिभिन्न किसिमका कपडाहरु , कपाल काटने मेसीन, फेसवास पाउडर, कैची ,वाईरिङका समानहरु आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here