रौतहट ।। विगत केहि दिन देखि रोकिएको पक्राउ गर्ने अभियान पुनः तीब्रता पाएको छ । स्वास्थय समस्याको कारण कार्यालय बाहिर रहेका प्रहरी निरीक्षक पपु नायकको कारण रोकिएको अभियान रौतहट आउने वित्तिकै अभियान निरन्तरतामा आएका छन । हत्या गरेर फरार भएका अभियुक्तलाइ अपराध अनुसन्धान टीमले ५ वर्ष पछि पक्राउ गर्न सफल भएका छन ।
२०७१।१२।२२ गतेको रातको अन्दाजी २४ वजेको समयमा गौर नगरपालिका वडा नं. ०५ स्थित पोखरीया टोल वस्ने वर्ष ६० को जहिर अंसारीलाई धारिलो हतियार प्रयोग गरी फरार भएका गौर नगरपालिका वडा नं. १० सवगढा वस्ने वर्ष ५० को शेख रोज महम्मद र निजको छोरा वर्ष ३० को शेख प्रवेज मध्ये शेख रोज महमदलाइ प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।
पक्राउ परेका प्रतिवादी रोज महमद बुवा छोरा मिलि धारिलो हतियार चक्कुले घाँटी काँटी हत्या गरि ५ वर्ष देखि फरार रहेका प्रहरी निरीक्षक पपु नायकले बताएका छन ।
प्रतिबादी र मृतक विगत पहिले देखि नै साथी रहेको र सगोलमा व्यापार व्यवासाय मासु काँटी वेच्ने काम गर्दै आएको क्रममा निज प्रतिवादीहरुले मृतकको छोराहरुले घर बनाउनको लागि रु ४,५०,००० चार लाख पचास हजार दिएको र सो रकम मृतकको घरमा रहेको जानकारी पाई मिति २०७१।१२।२२ गते वेलुकाको समयमा मृतकको घरमा प्रतिवादीहरु बुवा शेख रोज महम्मद र छोरा शेख प्रवेज गई आज यतै खाना खाई वास वस्ने भनि निज प्रतिवादीहरुको पुर्वयोजना अनुसार वास वसेका थिए !
मृतक र प्रतिवादीहरु एकैसाथ सँगै सुतेकोमा मध्यरातमा शेख रोज महम्मद र शेख प्रवेजले धारिलो हतियार चक्कुले घाँटी काँटी हत्या गरि उक्त कोठामा रहेको टिनको वाक्सा समेत तोडफोड गरि नगद रु ४,५०,००० चार लाख पचास हजार समेत चोरी गरी फरार भएको परेको उजुरिको आधारमा खोज तलाश गर्ने क्रममा गौर नगरपालिका वडा नं. ०२ महादेवपट्टी स्थित भारत बैरगेनिया तर्फ जाने सडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानको लागि सम्मानित रौतहट जिल्ला अदालतमा म्याद थप गरिएको कÞानूनी कार्यवाही अगाडी बढ़ाइएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here