काठमान्डाै ।। नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच आज पार्टीगत सहयोग आदान, प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुवैपक्षीय भ्रमण, प्रशिक्षण अध्ययन अनुसन्धान लगायतका कामलाई पार्टी च्यानलबाट व्यवस्थित गर्नका लागि समझदारी भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । यसअघि पूर्व एमाले र पूर्वमाओवादी बीच सीपीसीको छुट्टाछुट्टै सम्बन्ध थियो । एकता भएपछि पनि दुवै पार्टीका च्यानलबाट सीपीसीले काम गर्दै आएको थियो । अब पार्टी एकिकृत भएकाले अब एउटै पार्टी च्यानलबाट सम्बन्ध अघि बढ्नेछ । अब नेकपा र सीपीसीबीच विचार आदानप्रदान र दुईपक्षीय भ्रमणहरु हुनेछन् । नेकपा स्कुल विभाग र सीपीसीको विदेश विभागको आयोजनामा हिजोबाट ‘सी विचारधारा’ माथि छलफल भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here