काठमाण्डौ – नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् नयाँ नोटका विशेषता

  • बायाँतर्फ सगरमाथाको चित्र रहेको
  • मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा
  • अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध
  • अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला रहेको 
  • अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र
  • दायाँतर्फ लालिगुराँसको पानीछाप
  • नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने
  • नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र

सभार – उज्यालो अनलाइन

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here