फाइल फाेटाे

काठमान्डाै । देशभरको तथ्यांक हेर्दा पछिल्लो सात वर्षमा जवरजस्ती करणीका घटना चार गूणाले बढेको छ । नागरिक तथा अधिकारकर्मीले जवरजस्ती करणीका घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको आरोप लगाउदै आएका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा जवरजस्ती करणीका २ हजार दुइ सय ३३ वटा घटना प्रहरीमा दर्ता भए । सात बर्ष अघि आर्थिक वर्ष २०६८÷६९ मा यो संख्या ५ सय ५७ थियो । गत बर्षको तथ्याङ्क अनुसार दैनिक कम्तीमा ६ वटा जवरजस्ती करणीका घटना प्रहरीमा पुग्ने गरेको छ । प्रहरी महानिरिक्षक सवेन्द्र खनाल पछिल्ला बर्ष जवरजस्ती करणीका घटना बढेको नभइ उजुरी गर्ने क्रम बढेको बताउनुहुन्छ । प्रहरीको तथ्यांकलाई हेर्दा जवरजस्ती करणीका घटनाको संख्या बढिरहेको छ ।

तीन वर्षको बालिकादेखी ७० बर्षको हजुर आमासम्म बलात्कारमा परेका छन् । जनजाती तथा दलित समुदायका महिलाहरु जवरजस्ती करणीमा धेरै पर्ने गरेको प्रहरीको तथ्याङ्कमा छ । महिलाहरुको सुरक्षामा प्रहरी चुकेको आयोगका अध्यक्ष अनुपराज शर्माले बताउनुभयो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला माथी बलात्कार भए पिडकलाइ आजीवन कैद हुने कानुनी व्यवस्था छ । बलात्कारको प्रकृती र अवस्था हेरेर आवश्यक क्षतिपुर्ति भराउने देखि आजिवन जेल सजाय सम्मको कारवाही हुने कानुनी व्यवस्था छ । काुननको कार्यान्वयन मार्फत नै महिला माथी हुने हिंसा कम गर्ने महानिरिक्षक खनालले प्रतिवद्धता जनाउनुभयो । तर गतवर्ष दर्ता भएका जवरजस्ती करणी मुद्दामध्ये नौ प्रतिशत पछ्यौट भएका छन् भने ९१ प्रतिशत मुद्धा बाँकी नै छन् । यस्तै गतवर्ष नै दर्ता भएका जवरजस्ती करणी मुद्दामा रहेका अभियुक्त मध्ये ८९ प्रतिशत अभियुक्त पक्राउ परेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here