काठमाडौ , आश्विन ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच आज मंगलबार समझदारी पत्रमा हस्ताक्षर हुँदै छ । नेकपाका अध्यक्ष रहनु भएका प्रधानमन्त्री केपी शर्मा आली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा हुन लागेको सम्झौता पत्रमा उच्च स्तरीय भ्रमण अदान प्रदान तथा दुई पार्टीबिचको सहयोगमा हस्ताक्षर हुन गइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल भ्रमणमा आउने चर्चा चलिरहेको बेला यो अन्तरक्रिया कार्यक्रमले दुई देशको कम्युनिस्ट विचारधारालाई स्पष्ट पार्ने विशावस लिएको छ । समझदारीपत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले पनि हस्ताक्षर गर्नेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here