काठमाडौ , असोज ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा आज सार्वजनीक गरेको छ । गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । यससँगै कक्षा ११ को ग्रेड वृद्धि ९पुरक परिक्षा०को मिति समेत तोकिएको छ । बोर्डले एक सूचना प्रकाशित गर्दै कार्तिक ३० गते शनिवारका दिन र मंसिर १ गते आइतवारका दिन ग्रेड वृद्धिको परिक्षा दिन सकिने जनाएको छ । नतिजा अनुसार नियमित तर्फ ४७ दशमलव २६ प्रतिशत र आंशिक तर्फ ३३ दशमलव १५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको उच्च माध्यामिक शिक्षा परिषद्ले जनाएको छ । गत जेठमा सम्पन्न ११ को परिक्षामा २ लाख २५ हजार ३ सय ७३ विद्यार्थी नियमित परिक्षामा समावेश भएका थिए । ती परिक्षार्थीमध्ये १ लाख ६ हजार ५ सय १७ जना उत्तीर्ण भएका छन् । यस्तै, आंशिकतर्फ १ लाख ४१ हजार ५ सय ७० परिक्षार्थी सम्मिलित भएकामा ४६ हजार ९ सय २३ उत्तीर्ण भएका छन् । यस वर्षको नजिता गत वर्षभन्दा राम्रो हो । गतबर्ष नियमित तर्फ ४० प्रतिशत र आँशिक तर्फ ३२ दशमलव ९३ प्रतिशत उत्तिर्ण भएका थिए ।

यसरी हेर्नेहाेस नतिजा

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here