धनुषा , असोज ६ । धनुषामा एक विद्यार्थीले हेलिकप्टर निर्माण गरेका छन् । साईकल पसलमा काम गर्दै आएका धनुषाको मिथिला नगरपलिकाको १७ वर्षीय हरिनारायण पण्डितले उक्त हेलिकप्टर बनएका छन् । हेलिकप्टर बनाउने पण्डित कक्षा १० मा अध्ययनरत छन् । साईकल, मोटरसाइकल,ट्याक्टर , बस र कारमा प्रयोग हुने इन्जिनको पार्टपूर्जा जोरजार गरेर हरिनारायणले उक्त हेलिक्पटर बनाएका छन । हेलिक्पटरमा पेट्रोलबाट चल्ने इन्जिन जोडिएको छ । उनको कामले गर्दा स्थानीयहरु च्कित भएका छन् । मिथिला नगरपालिका वडा नं. ५ बस्ने श्रीनारायण पण्डितका छोरा हुन हरिनारायण पण्डित । सामान्य घरपरिवारका भएको कारणले गर्दा पढाईसँगै विगत ३ वर्ष देखि ढल्केवरको तरा साइूकल स्टोर पसलमा काम गर्दै आएका छन् । पसलमा काम गर्दा सुरुमा ९ हजारको महिना थियो र पछि २ वर्ष देखि १२ हजारको महिना दिने गरेको हरिनारायणले बताउछ । हेलिकप्टर बनाउनु भन्दा पहिला रेन्जर साइकलमा पेट्रोल इन्जन जोरेर सडकमा चलाएका थिए । केहि दिन पेट्रोल वाला साइकलमा चढे तर प्रहरिले रोक लगायो । प्रहरीले रोक लगाउपछि उनले हेलिकप्टर बनाउन सोचे र मनामा प्रणन लिएँ । त्यो पेट्रोलवाला साइकललाई घरमा राखे र उक्त हेलिकप्टर बनाउन सुरु गरे ’ उक्त हेलिकप्टर निर्माणमा २ लाख बराबर रुपैयाँको खर्च भएको हरिनारायणले बताए । अब बनाएको हेलिकप्टर हरिनारायणले उडाउने तयारीमा छ । छोरा हरिनारायणको हेलिकप्टर निर्माणमा बुबा श्रीनारायणको र आमा निर्मला देवीले धेरै मद्दत गरेका छन् । हरिनारायणले बनाएका हेलिकप्टर १०–१२ दिन पहिला नै उडाउन जाँचे पछि धर्तीभदा केहि माथीसम्म उडेको थियो । पछि गएर उक्त हेलिकप्टरको ईन्जनमा केहि खराबी अएको थियो तर अब पूर्णरुपमा मर्मत भइसकेको छ । मर्मत भएपछि उडाउने तयारी भएपनि स्थानीयहरुले प्रशासनको अनुमति बिना उडाएन । उक्त हेलिकप्टरमा दुई जना बसेर १० देखि २० फिटसम्म उडाउन सकिन्छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कर्णले भने हरिनारायणले बनाएका हे्लिकप्टर उडाउन नागरिक उड्ययन कार्यालयबाट अनुमति दएिमात्र आफु अनुमति दिनसक्ने बताउनु भयो । त्यसको लागी जसरी होस उड्ययन कार्यालयबाट अनुमति लन्छिु प्रमुख कर्णले बताउनु भयो ।
कक्षा १०मा पढने विद्यार्थी साइकल पसलमा काम गर्दै बनाए हेलिकप्टर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।