मकवानपुर , असाेज ६ । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिए।

कार्यालय समयमा मोबाइल वा अन्य माध्यमबाट सामाजिक सञ्जालमा अल्मलिँदा महत्वपूर्ण समयको बर्बादीसँगै कार्यालय सञ्चालनमा समस्या आउने देखेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here