फाइल फाेटाे

नवलपरासी । नवलपरासीमा गएराति ट्रक र कार एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा गएराति सवा १० बजे कार र बस ठोकिएका हुन् ।

पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएका थिए । ठोकिएर कारमा रहेका पाँचै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बचुली नगरपालिकाका डिलबहादुर ढेंगा, तेजु मगर र पुर्णबहादुर बिकको सनाखत भएको छ भने बाँकी दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
नवलपरासीमा नै गएराती बस पनि दुर्घटना भएको छ ।

मध्यविन्दु नगरपालिका –१० राति पौने २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन । ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । बसका चालक ३५ बर्षका लक्ष्मण तिमिल्सिनाकोमृत्यु भएको छ । प्रहरीका अनुसार उहाँको स्थायी घर मकवानपुर हो । प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here