रौतहट ।। रौतहट सदरमुकाम गौरमा रहेका ग्लाबल आईएमई बैंकले जुद्ध माध्यमिक विद्यालय, आधारभुत विद्यालय पुरेनवा, रत्न कन्या विद्यालय सिर्सिया र नेपाल नेत्रज्योती संघद्वारा संचालित गौर आँखा अस्पताल पुरेनवाको हाता भित्र वृक्षारोपण गरी भव्यताका साथ विश्व वातावरण दिवस मनाएकाे छ ।
५ जुन अर्थात आज “विश्व वातावरण दिवस” गौर सहित विभिन्न स्थानहरुमा वृक्षारोपन कार्यक्रमको आयोजना गरिएकाे हाे । वृक्षाराेपन कार्यक्रममा सपेता ३००, अशोक १००, क्रिशमस ट्रि ५० र विभिन्न जातको ५० गरेर ५ सय विरुवा उक्त विद्यालय र आँखा अस्पतालको हाता भित्र रोपेर पर्यावरणमा भईरहेको प्रदुषणलाई कम गरी स्थानीय बासिन्दाहरुलाई स्वच्छ वातावरणका निमित्त वृक्षारोपण आफू सहित सम्पूर्ण कर्मचारीहरुले कार्यक्रममा सहभागी भएको ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धक किशोर चौधरीले जानकारी दिएका छन ।
वन जंगल उजाड हुँदा पर्यावरणमा नकारात्क असर परेर हुने प्राकृतिक विपदालाई झेल्दै आएको अवस्थामा स्वच्छ हावापानी एवं प्रदुषणबाट मुक्ति पाउने उद्देश्यका साथ आज गौर नगरपालिकामा जनताहरु संग प्रत्यक्ष जोडिएका विभिन्न स्थानहरुमा आफना सहकर्मीहरुका साथ मिलेर वृक्षारोपण गर्दा निकै खुशीको अनुभुति भएको जिकिर गर्दै शाखा प्रबन्धक चौधरीले रोपिएका रुखको विरुवाहरुलाई हेरचाह गरेर राम्ररी हुर्काएमा आउने सन्ततिहरुलाई प्रतिकारात्मक असरबाट जोगाउन सकिने विचार व्यक्त गरे ।
वृक्षारोपण कार्यक्रममा जुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रभाष ठाकुर सहितका शिक्षकहरु सहभागी भए । यस्तै गौर आँखा अस्पतालमा वृक्षारोपण कार्यक्रममा नेत्रज्योती संघ गौरका सभापति एवं आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय सिंह, अस्पतालको प्रशासन प्रमुख नागेश्वर चौधरी, मेडिकल डायरेक्टर डा. प्रज्जवल बस्नेत, नेत्रज्योती संघका सचिव बच्च प्रसाद यादव र लेखा अधिकृत पवन न्यौपानेको उपस्थितिमा वृक्षारोपण कार्यक्रम भएको बताइएको छ ।
ग्लोबल आई एम ई बैंकको अपरेशन इन्चार्ज आतिश सिंहका अनुसार आज गरिएको वृक्षारोपण कार्यक्रममा बैंकका प्रिरन्जन गुप्ता, जितेन्द्र साह, नेहालकुमार झा, जयनारायण रजक, दिपेन्द्र वैठा, धिरज साह, ज्योती झा, राहुल गुप्ता, भाग्यनारायण यादव, विजय यादव सहित सम्पूर्ण कर्मचारीहरु सहभागी भए ।
ग्लोबल आई एम ई बैंक मुलकको ७७ वटै जिल्लामा शाखा भएको नीजि क्षेत्रको पहिलो बैंक हो । यस बैंकको ३३४ शाखा कार्यालय, ३७५ एटिएम शाखा, २०२ शाखा सहित बैंकिग सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय सहित ११०० भन्दा सेवा केन्द्रहरुबाट आफना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ ।