काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएको दाबी गरेका छन् । पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै बदलाको भावनाले पोलिरहेकाहरूले मुद्दा हालेको टिप्पणी गरे ।
‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्’, ओलीलाई लक्षित गर्दै उनले भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ ।’
अध्यक्ष नेपालले आफूले गल्ती नगरेकाले न्यायालयले न्याय दिने विश्वास पनि व्यक्त गरे ।
‘मैले भन्ने गरेको छु, नबिराउनू– नडराउनू । आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन । गलत आरोपमा दृढतासाथ उभिन्छौँ ।
मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’
पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् – माधव नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।