रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा संचालन रहेको क्यान्टिनमा बासी खाना खुवाएको पर्दाफास् भएको छ।
प्रादेशिक अस्पताल गौरमा उपचार गराउन आउने बिरामी तथा कुरुवाहरुलाई स्वास्थ्य एवम् स्वच्छ खाना उपलब्ध गराउने उदेश्यले खोलिएको क्यान्टिनमा बासी खाना दिए पछि यस्तो कार्यको पर्दा फास् भएको हो।
स्थानीय यमुनामाई गाउपालिका २ निवासी राम स्वरुप यादवलाइ पिसाबमा समस्या भएपछी आइतवार राती उपचारको लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गराएका कुरुबाले सोमबार बिहान खाना खान जादा क्यान्टिनमा काम गर्ने स्टाफले रातीकै चामल थालीमा दिएपछि खादा दुर्घन्ध दिए पश्चात जानकारी भएको हो।
आफ्नो ठुलो बुबाको उपचारमा आएका वडा नम्बर २ का वडा अध्यक्ष सिताराम यादवले राम्रो खाना बनाउन अर्डर दिएर खाना खान जादा बासी खाना खुवाएको बताएका छन्। दिपेन्द्र यादव संगै खाना खान गएकोमा थप चामल भात माग्दा बासी भात दिएको उनले भने खाए पछि गन्हाउने बासना आएको सुनाए।
२९ हजार प्रति महिना प्रादेशिक अस्पताल गौरलाइ बुझाउने शर्तमा १ बर्षको लागि स्थानीय राजदेवी नगरपालिका वडा नम्बर ६ निवासी सुनरजित गिरिले क्यान्टिन ठेक्कामा लिएर गएको साउन महिना देखि संचालन गर्दै आएका छन्।
क्यान्टिनको सजावट आकर्षक भएपनि सेवा स्तरहिन रहेको टिप्पणी हुन थालेका छन्।
बासी खाना दिएको सार्बजनिक भएपछी जिल्ला प्रहरी कार्यालयबाट खटेका टोलीले क्यान्टिनमा काम गर्नेलाइ नियन्त्रणमा समेत लिएको छ। स्वास्थ्य संग प्रत्यक्ष रुपमा खेलवाड गर्ने क्यान्टिन संचालक बाहिर रहेको छ।
अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हासमीले बासी खाना खुवाउने क्यान्टिन संचालक माथि कार्यवाही गर्ने बताएका छन्। क्यान्टिनमा तत्काल अस्पताल प्रशासनको तर्फ बाट ताला लगाइएको बताइएको छ।
अस्वस्थकार खाना खुवाएको घटना बारे जानकारी हुदा पनि प्रादेशिक अस्पतालका मेसु मुरारी ठाकुर कुनै उत्सुकता देखाउन नसक्दा क्यान्टिन संचालक संग साठगाठ रहेको अनुमान गरिएको छ।
प्रादेशिक अस्पताल प्रतिको जनविश्वास बढ्दै गएको बेला क्यान्टिन संचालक द्वारा गरिएको यस्तो कार्यले पुनः अस्पताल प्रति आलोचना तिब्र हुन थालेको छ। कहिले कर्मचारीको असलिल हर्कत, कहिले औषधि अभाव, त कहिले सरसफाईको बिषयमा अस्पताल माथि टिका टिप्पणी हुदै आएकोमा अहिले बासी खानाले चर्चा पाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here